झापा: चोरीको मोटरसाइकलसहित प्रहरीले झापाबाट ३ जनालाई पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय ८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका ३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् । झापामा मोटरसाईकल चोरीको घटना बढेपछि ईलाका प्रहरी कार्यालय अनारमनि झापाले प्रहरी टोली परिचालन गरेको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफ जेट  मोटरसाईकल पनि वरामद भएको झापा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।