मोरङ: बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी धरानका एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ३ का २८ बर्षीय केमन खड्की रहेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा गत बैशाख १६ गते अदालतले कैद र जरिवाना फैसला गरेको थियो । उनलाई अदालतबाट १ बर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय जरिवानाको आदेश भएको थियो । 

अदालतको आदेश पछि पनि कैद र जरिवाना असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आर.आइ.टी. समुह बिराटनगरको टोलीले आज पक्राउ गरेको हो । उनलाई धरानबाट नै पक्राउ गरिएको र जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।