विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । पीसीआर परिक्षणको आधारमा झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, विर्तामोड, गौरादह र दमकमा १–१ जनामा संक्रमण देखिएको छ भने मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१ जना छन् । यस्तै, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा थप २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।