धरान: किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा राजेन्द्र राई निवार्चित भएका छन् ।
यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा शुक्रबार राती भएको निर्वाचनबाट प्रतिद्धन्दी हिन्दुहाङ राईलाई १० मतले हराउदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भएका राईले ४५ मत पाएका थिए । अध्यक्षमा विजयी भएका राई यसअघिको कार्यसमितिमा सचिव थिए भने पराजित भएका राई उपाध्यक्ष थिए ।
अध्यक्षबाहेक अन्य पदाधिकारी र १६ जना कार्यसमिति सदस्य भने सर्वसम्मत चयन भएको थियो । उपाध्यक्षमा सुमित्रा राई र चन्द्रकला राई चयन भएका छन् भने सचिवमा नविन राई सर्वसम्मत चयन भएका छन् । यस्तै, सहसचिवमा शम्भु राई, रमेश राई र यलमहाङ राई सर्वसम्मत चयन भएका छन् ।
कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ चयन भएका छन् भने सहकोषाध्यक्षमा मेनका राई चयन भएकी छिन् । सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ताको क्रममा नै सर्वसम्मत भएका थिए । उपाध्यक्षमा मनोनयन दर्ता गराएका रेवतीरमण राईले उम्मेदवारी फिर्ता लिए भने सहसचिवमा दुर्गाकुमारी राईले पनि उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत भएका थिए । अन्य १६ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् ।