धरान:बैकिङ कसुर मुद्दामा फरार रहेकी धरानकी एक महिला पक्राउ परेका छन् । .

पक्राउ पर्नेमा धरान उप-महनगरपालिका ७ की ५० बर्षीया सुनिला याक्खालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले हिजो शनिबार पक्राउ गरेको हो । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगरले कैद र जरिवाना फैसला गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत बैशाख १६ गते याक्खाविरुद्ध अदालतले १ बर्ष ६ महिना कैद र नगद ५  लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवानाको फैसला गरेको छ । उक्त फैसला भएपनि हालसम्म याक्खा भने फरार रहेकी थिइन् । उनलाई प्रहरीले पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।