धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निवार्चित भएका छन् । 

मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनले देउवालाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । मंगलबार दोस्रो चरणमा भएको मतदानमा कुल कसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत पाउदै विजयी भए । उनका प्रतिस्पर्धी डा.शेखर कोइरालाले १८५५ मत ल्याए । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि बहुमत पाउन नसकेपछि मंगलबार दोस्रो चरणको निवार्चन भएको थियो । पहिलो चरणमा धेरै मत ल्याउने २ उम्मेदवार देउवा र कोइरालाबीच मात्र दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । 

पहिलो चरणमा सभापतिको उम्मेदवार रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए । सिंह र निधिले समर्थन गरेपछि देउवाको जित सुनिश्चित भएको थियो । पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२ मत पाएका थिए । यस्तै, सिंहले ३७१ मत, निधिले २५० र गुरुङले २२ मत पाएका थिए ।