विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा ३, धनपालथान, सुनबर्षी र उर्लाबारीमा १–१ जना छन् । 

यस्तै, सुनसरीको इटहरीमा ४, धरानमा १, झापाको भद्रपुर र हल्दिबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा महिला १२ र पुरुष १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।