विराटनगर: प्रदेश १ मा पछिल्ले २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ४, कटहरीमा २, सुन्दरहरैचा र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४, झापाको शिवसताक्षी र कमल गाउँपालिकामा १–१, र धनकुटाको पाख्रिबासमा १ जनामा संक्रमण देखिएको हो ।
यसैगरि, प्रदेश १ मा थप १७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।