विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको हो । झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, इलामको चुलाचुली र माईजोगमाईमा १–१ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा थप १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९१ रहेको छ ।