विराटनगरः प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिएका छन् । उनका अनुसार यो निर्णयपछि प्रत्यक्ष निवार्चित प्रदेशसभा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिक सांसदले ५० लाख खर्च पाउने कानुनी बाटो खुल्नेछ ।