विराटनगर: प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित कार्यदलले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कार्यक्रमको मस्यौदा बुझाएको छ ।
आज ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको हो । समितिका संयोजक एवं प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाएका हुन् । उक्त कार्यदलमा प्रदेश सांसदहरू राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू र अशोक चेम्जोङ्ग सदस्य रहेका थिए ।
यस्तै, प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुन् । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै मुख्यमन्त्री राईले सरकारको न्यूनतम साझा कार्यक्रम पौष ९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।