विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ४३७ जनाको पीसीआर परीक्षण गर्दा २० जना र १०५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १५, सुनसरीमा २, झापा, भोजपुर र संखुवासभामा १–१ जनामा संक्रमण भएको देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ९, कटहरी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जनालाई संक्रमण देखिएको छ भने सुनसरीको गढी र इटहरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको दमक, भोजपुरको पौवादुङ्मा र संखुवासभाको चैनपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि, प्रदेश १ मा थप १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।