उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा टिपरसंग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा त्रियुगा नगरपालिका १ का २५ बर्षीय गंगाराम चौधरी रहेका छन्। बिहान ९ बजे चौदण्डीगढी ५ को भित्रि सडकखण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स १० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपरसंग ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा मोटरसाईकल पछाडि सवार रहेकी मृतककी श्रीमती २४ बर्षीया संगीता चौधरी समेत घाईते भएकी छिन् । उनको फत्तेपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका ८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।