धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालका अनुसार ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१ जना छन् भने सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१ जना छन् । यस्तै, झापाको दमक, मेचीनगर र विर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११३ रहेको मन्त्रालयले जनाएको छ ।