विराटनगर: आइतबार राती करिब साढे ९ बजे विराटनगर ३ स्थित माछा पुच्छ्रे बैंकको कञ्चनबारी शाखाको एटिएम मेशिन तोडफोड भएको थियो । 

प्रहरीले एटिएम मेशिन फोडेर रकम चोरी गरेर लैजान खोज्ने युवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । एटिएम मेशिन तोडफोड गरी रकम चारीको प्रयास गर्ने मोरङको रतुवामाई नगरपालिका ५ का २१ बर्षीय पारस कालिकोटे भएको प्रहरीले जनाएको छ । 

कालिकोटेलाई पक्राउ गरेर चोरी उद्योग कसुरमा कार्वाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उनलाई मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।