विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ९ र उर्लाबारीमा १, झापाको भद्रपुर र सुनसरीको इटहरीमा १–१ जनामा संक्रमण भएको छ । प्रदेश १ मा थप ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।