विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा र झापाको विर्तामोडमा ३–३ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको दुहवी र धरानमा १–१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।