धरान: गाई बर्षलाई विदाई गर्दै तथा नयाँ बाघ बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले बिहिबार तमु ल्होसार पर्व मनाएका छन् ।

नेपाल सरकारले ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदासमेत दिएको थियो । धरानमा पनि तमु (गुरुङ) समुदायले धुमधामका साथ ल्होसार मनाएका छन् । तमु ह्युल छोंज गुरुङ राष्ट्रिय परिषद नगर कार्यसमिति र नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समितिको आयोजनामा धरान १८ स्थित गुम्बामा विविध कार्यक्रम गरि ल्होसार मनाइएको हो । गुम्बामा विविध खेलकुद कार्यक्रम गर्नुका साथै शुभकामना आदान प्रदान गरिएको राष्ट्रिय परिषदले जनाएको छ । 

tamu-lohsar1

राष्ट्रिय परिषदका अध्यक्ष पृथ्वीमान गुरुङले विगतमा २ बर्ष कोभिड संक्रमणको कारणले गर्दा ल्होसार मनाउन नपाएको बताए । यो बर्ष संक्रमण कम भएको कारण गुम्बामा भेला भएर ल्होसार शुभकामना आदनप्रदान गरिएको उनले बताए । उनका अनुसार ५ दिनको कार्यक्रम गरि ल्होसार मनाइएको छ । त्यसक्रममा ३ दिन फुर्वा पूजा आयोजना गरिएको र बिहिबार विविध खेलकुद कार्यक्रम गरिएको अध्यक्ष गुरुङले बताए । 

खेलकुद कार्यक्रमअन्तर्गत बिहिबार बालबालिकाहरुबीच बेलुन फुटाउने, महिलाहरुबीच ह्विलचियर, छेलो फ्याक्ने र घैला फुटाउनेलाई तमु राजा घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।

भिडियो:

 tamu-lohsar4

tamu-lohsar2

tamu-lohsar10 1

tamu-lohsar13

tamu-lohsar15

tamu-lohsar19

tamu-lohsar17

tamu-lohsar18

tamu-lohsar112

tamu-losar

tamu-lohsar16