धरान: हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत धरानमा बिहिबारदेखि बास्केटवल प्रतियोगिता शुरु भएको छ । 

धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा शुरु भएको प्रतियोगितामा बिहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गर्यो । उक्त खेलको म्यान अफ द म्याच हिमालयनका योगेश राई घोषित भए ।

दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१–१५ को फराकिलो अन्तरमा पराजित गर्यो । खेलको म्यान अफ द म्याच एम्स एकेडेमीका निशान तामाङ घोषित भएका थिए । तेस्रो खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७–२५ को स्कोरमा पराजित ग¥यो । खेलको म्यान अफ द म्याच धरान आदर्शका मोहित गुरुङ घोषित भए ।

basket1

चौथो खेलमा समिट स्कुलले विश्व आदर्शलाई २१–१८ को स्कोरमा पराजित गर्यो । उक्त खेलको म्यान अफ द म्याच समिट स्कुलका रिदम भुजेल घोषित भए । यस्तै, बिहिबार भएको अन्तिम खेलमा हिमालयन स्कुलले सियोन स्कुललाई २१–१५ को स्कोरमा पराजित गर्यो । खेलको म्यान अफ द म्याच हिमालयनका गगन राई घोषित भए । 

विजेता सबै टिम सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने पहिलो सेमिफाइनलमा हिमालयन स्कुल र धरान आदर्श स्कुलबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा एम्स एकेडेमी र समिट स्कुलबीच हुने बास्केटबल खेल व्यवस्थापक विकास चाम्लिङ राईले जानकारी दिए । 

basket

यस्तै, शुक्रबार नै बास्केटबलको महिला तर्फको खेल पनि शुरु हुनेछ । पहिलो खेल हिमालयन स्कुल र विष्णु मेमोरियल स्कुलबीच हुनेछ भने दोस्रो खेल धरान आदर्श स्कुल र डिपो स्कुलबीच हुनेछ । बास्केटबलको फाइनल खेल शनिबार हुनेछ ।

बास्केटबल खेलको उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटबल संघका अध्यक्ष नारायणप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको अध्यक्षता हिसान स्पोर्टस् मिट २०७८ का संयोजक सागर भट्टराईले गरेका थिए । 

basket2

basket4