धरान: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगितामा धरानको टेम्के क्लब र इटहरीको राष्टिय जागृती क्लब बिजयी भएको छ ।
इटहरी रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा टेम्के क्लबले इटहरी फुटबल क्लबलाई १–० गोल अन्तरले हरायो । टेम्के क्लबको जितमा एलम्बर राइले पहिलो हाफको ३१ औ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच टेम्केका गोल किपर जोशन श्रेष्ठ घोषित हुदै नगद १ हजार ५ सय रुपैया पाए ।
शुक्रबार नै भएको दोस्रो खेलमा राष्टिय जागृती क्लब इटहरीले धरान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । राष्टिय जागृतीका लागि म्यान अफ द म्याच अभिषेक बिश्वकर्माले दास्रो हाफको १७ औ मिनेटमा निर्णायक गोल गरे ।
शनिबार पहिलो खेल न्यू स्टार क्लब बराहक्षेत्र र गोधुली क्लब धरान बिच हुनेछ भने दोस्रो खेल दुहबीका दुइ टिम एलेभेन एरोज क्लब र गोल्डेनस्टार क्लब बिच हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।