धरान: धरान जेसीज प्रथम महिला समुहले शुक्रबार विद्यार्थीहरुलाई स्वेटर र शैक्षिक सामाग्री बितरण गरेको छ।

समुहले धरान २० विष्णपादुकास्थित सुलिकोट आधारभूत विधालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई एक(एक थान स्वेटर, विस्कुट, कापी, कलमलगायतको शैक्षिक सामाग्री वितरण गरेको हो । धरान जेसीजका विभिन्न बर्षका अध्यक्षहरुको श्रीमतिहरुले सामुहिकरुपमा सामाजिक सेवा गर्ने उद्देश्यले प्रथम महिला समुह स्थापना गरेका हुन् । 

jesi3

समुहका अध्यक्ष अनिता श्रेष्ठ (पलिखे)को अध्यक्षतामा, संस्थापक अध्यक्ष रेवा श्रेष्ठ, धरान २० का वडा अध्यक्ष मणिराम राई, वडा सदस्य फूलमाया तामाङ, धरान जेसीजका अध्यक्ष मणिराज अधिकारी, तालिम निर्देशक सन्जु राई (सुमित्रा), उपाध्यक्ष ईन्द्रबहादुर कार्की, विद्यालयकी प्रअ सुमित्रा तामाङको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको हो। 

समुहले यसअधि पनि धरानसहित सुनसरीका विभिन्न विधालयमा शैक्षिक सामाग्री बितरण गरेको थियो भने निःशुल्क स्वास्थ्य शिविर, बाढीपहिरो पीडित, असहाय वृद्ध(वृद्धा लकडाउनको मारमा परेकाहरुलाई समेत समुहले सहयोग गरिसकेको छ।

jesi1