विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।
सामाजिक किवास मन्त्रालयका अनुसार २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । यसैगरि, प्रदेश १ मा थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।