धरान: तीन दिने धरान डे शुरु भएको छ । 

पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । देउवाले धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएका थिए भने केकसमेत काटेर उत्सवको उद्घाटन गरेका थिए । धरान स्थापना भएको १२१ औं बर्षको अवसरमा तीन दिने धरान डे आयोजना भएको हो । धरान उपमहानगरपालिकाले पुष २० गतेलाई धरान स्थापना भएको दिनकोरुपमा मानेर धरान डे मनाउदै आएको छ ।

dharan-day1

उत्सव उद्घाटन समारोहलाई प्रधानमन्त्री देउवा, प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, संघीय सांसद जयकुमार राई, कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेलगायतले सम्बोधन गरेका थिए । उद्घाटन समारोहमा धरानका पुर्व नगर प्रमुखहरु, विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मानसमेत गरिएको थियो ।

धरान डेमा स्टलहरु व्यापारिक स्टलहरु राखिएका छन् भने सांगीतिक, साहित्यिक कार्यक्रमहरु पनि आयोजना हुनेछन् । पहिलो दिन मितेरी साइनो गाँसिएको पोखराको साँस्कृतिक टोलीको प्रस्तुती हुनेछ भने धरानका कलाकारहरुको पनि प्रस्तुती हुने उपमहानगरपालिकाले जनाएको छ । दोस्रो दिन सबै वडा कार्यालय मार्फत टीएलओ परिचालन गरी वडा सरसफाई गर्ने, संघसंस्था परिचालन गरी जिरोप्वाईन्ट देखि तिनकुनेसम्म प्लाष्टिक सरसफाई कार्यक्रम र मास साईकलिङ आयोजना गर्ने कार्यक्रम रहेको उपमहागनरपालिकाले जनाएको छ । 

यस्तै, बिहान साढे १० बजे धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठी हुनेछ भने दिउँसो धरानको दिर्घकालिन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । यस्तै, तेस्रो दिन लोक जुवारी, रस्सी तान प्रतियोगितालगायत कार्यक्रमहरु आयोजना गर्दै धरान डे समापन गरिनेछ ।

तस्बिरहरु: विकास चाम्लिङ राई

 भिडियो:

dharan-day2

dharan-day3

dharan-day4

dharan-day11

dharan-day7

dharan-day9

dharan-day8

dharan-day6

dharan-day10

dharan-day13

dharan-day18

dharan-day16

dharan-day17

dharan-day15

dharan-day19

dharan-day14

dharan-day20

dharan-day22