विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो । मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २ र धरानमा १ जनामा संक्रमण देखिएको छ भने झापाको दमक र भद्रपुरमा १–१, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका   छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १४४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।