धरान: बराह बचत तथा ऋण सहकारी संस्था धरानले गत आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ६७ लाख बढी मुनाफा गरेको छ । 

संस्थाको शुक्रबार धरान ८ स्थित बराह सपिङ्ग कम्प्लेक्समा सम्पन्न १२ औंं बार्षिक साधारणसभामा ३ करोड ६७ लाख ३२ हजार ३४३ रुपैया खुद मुनाफा गरेको जथानकारी दिइएको हो । संस्थाले गत आर्थिक बर्ष २०७७/०७८ मा शेयर रकम १० करोड २९ लाख १६ हजार ५ सय पुगेको जनाएको छ । यसैगरि, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९८७ रुपैया भएको छ भने ७२ करोड १९ लाख ८४ हजार ६४४ रुपैया निक्षेप संकलन भएको जनाएको छ । यसैगरि, ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८२९ रुपैया रहेको संस्थाले जनाएको छ । 

baraha1

साधारणसभामा संरक्षित पूँजी फिर्ता कोष र शेयर लाभांश कोष गरी १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बराहले जनाएको छ । संस्थामा हाल ५ हजार ११७ जना शेयर सदस्य रहेको छ। कार्यक्रममा संस्थाले फिल्ड कर्मचारीहरुलाई विभिन्न शिर्षकहरुमा नगद तथा पुरस्कारले सम्मान पनि गरेको थियो । जसमा सर्वाधिक निक्षेप संकलनकर्ता ३ जना, सकृय अभियान्ता ११ जना र बराह प्रोत्साहन पुरस्कार ५ जनाले पाएका थिए । साधारणसभा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका संचालक सदस्य शिव कुमार डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

प्रमुख अतिथि डांगीले हालको तरलता एवं वित्तीय संकट बराहको मात्र नभई देश र विश्वकै भएको बताए । उनले हाल वित्तीय संकट विश्वमा तेस्रो माहामारीको रुपमा देखा परेकोले सम्पूर्ण सहकारीकर्मी, शेयर सदस्यहरु एकजुट र संयमित भई सहकारीको ऐन, नियम र सिद्धान्तमा रहेर कार्य सम्पादन गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका थिए ।