धरान: किरातीहरुको नयाँ वर्ष यलम्बर सम्बत ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार किरात राई यायोक्खा सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीबीच मैत्रीपुर्ण फुटसल सम्पन्न भएको छ । 

यायोक्खा सुनसरीको आयोजना र किराया धरान १५ नम्बर प्रारम्भिक कार्यसमितिको संयोजनमा धरान १५ स्थित विग फुटसलमा मैत्रीपुर्ण खेल सम्पन्न भएको हो । मैत्रीपुर्ण खेलमा महासंघले आयोजकलाई १४–१० गोल अन्तरले हरायो । खेलको मध्यान्तरमा यायोक्खाले फुटसल मैदानमै साकेला प्रदर्शन गरेर यले सम्बत मनाउन सबै किराती तथा गैह्र किरातीहरुलाई आह्वानसमेत गरेको थियो।

fut

कार्यक्रम किराया सुनसरी सल्लाहकार तथा एन्फा प्रदेश १ अध्यक्ष किशोर राईको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको विषेश आतिथ्यमा भएको थियो । अध्यक्ष राईले संक्षिप्त स्वागत मन्तव्य मार्फत नेपालको प्राचिन ऐतिहासिक सम्बत यलम्बर सम्बत रहेको दाबी गर्दै सम्पुर्ण नेपालीमा यो संम्बत प्रतिको अपनत्व जगाउन सप्ताहव्यापी कार्यक्रम गरिएको बताए । 

प्रमुख अतिथि राईले पनि यलम्बर सम्बतको शुभकामना व्यक्त गर्दै यायोकखा सुनसरीको अभियान निकै सृजनसिल भएको बताए । उनले कार्यक्रमको प्रशंसा गर्दै किरात समुदायको हरेक आन्दोलनमा सधै साथ रहने पनि बताए । साथै उनले कार्यक्रमस्थलमै किराया सुनसरीलाई नगद १० हजार सहयोग हस्तान्तरण समेत गरेका थिए ।