विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कुल १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा २०, उर्लाबारीमा २, रंगेली र धनपालथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा ५, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरि, प्रदेश १ मा थप ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।