विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना संक्रमित थपिएका हुन् । मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ जना संक्रमित देखिएका छन् ।
यसैगरि, झापाको विर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १–१ जना छन् भने सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१ जना छ । यस्तै, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २३० रहेको मन्त्रालयले जनाएको छ ।