धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं अधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना पुनः शुरु भएको छ । 

हिजो बुधबार राती १७३ मत गणना पछि स्थगित भएको थियो । मतगणना कार्य आज बिहान साढे ११ बजेदेखि सुचारु भएको अधिवेशन आयोजक कमिटीको प्रचारप्रसार उपसमिति सहसंयोजक रवि खनालले जानकारी दिए । मतगणना कार्य एमाले सुनसरीको जिल्ला पार्टी कार्यालय इनरुवामा भइरहेको छ । 

अहिलेसम्म ४ सय मत गणनाको परिणाम सार्वजनिक भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार रेवतीरमण भण्डारीले २ सय मत पाएका छन् खेमराज पोख्रेलले १७० मत पाएका छन् । अर्का उम्मेद्वार द्धारिकलाल चौधरीले २२ मत मात्र पाएका छन् । 

cpn-vote2

उपाध्यषमा निलम खनालले २२४ मत पाउदा नन्दकुमार बस्नेतले १४९ मत पाएका छन् । उपसचिवमा सबैभन्दा बढी राम कोइरालाले २०२ मत पाउदा उनीपछि योग्यराज खड्काले १२२ मत पाएका छन् । अर्का उम्मेद्वार लोकेश निरौला १११ मत, अञ्जनीकुमार पोख्रेल १०४ मत, पदमप्रसाद लिम्बुले १०२ मत, अर्जुन गहतराजले ५७ मत र लहरुमाया जिमीले ४७ मत पाएको एमाले केन्द्रीय कमिटी सदस्य लक्ष्मी गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । 

cpn-vote3

cpn-vote