धरान: धरानका युवा प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको सेन्ट्रल ओपनमा शुक्रले कुल १० अण्डर २७८ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले रवि खड्कालाई १ स्ट्रोकले पछि पारे । शुक्रले उपाधि ट्रफीसँगै नगद १ लाख ३० हजार पनि हात पारे । सुर्य नेपाल गल्फ टुरमा शुक्रको यो लगातार दोस्रो उपाधि हो । यसअघि उनले धरानमा घरेलु कोर्षमा इष्टर्न ओपन जितेका थिए । 

sukra1

रविले ९ अण्डर २७९ स्कोर गर्दै दोस्रो भएर ८८ हजार नगद पुरस्कारमा रुपैयाँमा चित्त बुझाए । कुल ६ अण्डर २८२ स्कोर गरेका भुवन नगरकोटी तेस्रो भए । उनले ६५ हजार रुपैयाँ हात परे । एमेच्योरतर्फ सुभाष तामाङ कुल ४ अन्डर २ सय ८४ अंकसहित उपाधि जिते । यस्तै, यत्सु सद्भाव आचार्यले ५ ओभर २ सय ९३ स्कोरका एमेच्योरतर्फ उपविजेता भए ।