धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका शुक्रबहादुर राई च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा समग्रमा १ अण्डर २०९ स्कोरसहित शुक्र च्याम्पियन भएका हुन् । च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ३५ हजार जितेका छन् । 

उनले बुधबार १ ओभर ७१ को कार्ड बनाए । फ्रन्ट नाइनमा उनले लेभल पार ३६ खेले भने ब्याक नाइनमा १ ओभर ३७ को कार्ड बनाए ।सोमबार पहिलो दिन पनि १ ओभर ७१ को कार्ड बनाएका शुक्रले हिजो मंगलबार भने २ अण्डर ६८ को कार्ड बनाएका थिए । 

sukra3

यस्तै, कुल ७ ओभर २१७ स्कोरका साथ धरानकै व्यवासयिक खेलाडी बलभद्र राई दोस्रो भएका छन् । उनले नगद ८८ हजार हात पारे । बुधबार ५ ओभर ७५ स्कोर गरेका थिए । पहिलो दिन पनि ५ ओभर ७५ खेलेका उनले हिजो मंग्लबार ३ अण्डर ६७ स्कोर गरेका थिए । तेस्रो स्थानमा रहेका धराने खेलाडी निरज तामाङले पनि कुल ९ ओभर २१९ स्कोर खेले । उनले नगद ६५ हजार हात पारे । बुधबार ८ ओभर ७८ स्कोर खेलेका उनले पहिलो दिन ७ ओभर ६७ र दोस्रो दिन मंगलबार ४ ओभर ७४ स्कोर गरेका थिए ।

यसैगरि, कुल १० ओभर २२० स्कोरका साथ चौथो हुदै सञ्जय लामाले ५३ हजार ५ सय जिते भने समान २१ ओभर २२१ स्कोरका साथ संयुक्तरुपमा पाँचौ हुदै जनही ४२ हजार ५ सय पाए । 

एमेच्योरतर्फ सुवास तामाङ प्रथम

sukra2

एमेच्योरतर्फ भने कुल ४ ओभर २१४ स्कोरका साथ सुवास तामाङ विजेता भए भने १३ ओभर २२३ स्कोरका साथ युवराज भुजेल दोस्रो भए । दुवैले ट्रफी पुरस्कार हात पारे । विजेता खेलाडीहरुलाई धरानका मेयर तिलक राई, नेपाल प्रहरीका एआइजी हरिबहादुर पाल, सुर्य नेपाल प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर नगेन सरोज, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्रबिक्रम लिम्बुलगायतले पुरस्कार विरतण गरेका थिए । 

sukra11

sukra5 1

sukra10

sukra7

sukra9

sukra8

sukra6

sukra1