धरान:पछिल्लो चौबिस घण्टामा धरानमा ८७ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार चौबिस घण्टामा ३२० जना संक्रमित थपिदा धरानमा मात्र ८७ जना छन् । पछिल्लो समय दैनिकरुपमा संक्रमण दर बढ्दै गइरहेको छ। मन्त्रालयका अनुसार ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २–२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १–१ जना छन् । यता, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा २–२, इनरुवा र स्थानीय तह नखुलेका १–१ जना छन् ।

यस्तै, झापाको भद्रपुुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाहृदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।