विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ जना र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा १३७, बुढीगंगामा १३, सुन्दरहरैचा र कानेपोखरीमा ३–३, रतुवामाई, कटहरी र बेलबारीमा २–२, जहदा, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१ जना संक्रमित थपिएका छन् भने झापाको विर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जना छन् ।

यता, सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहवीमा ३–३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जु र बराहक्षेत्रमा १–१ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरि, प्रदेश १ मा थप २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ६८० रहेको मन्त्रालयले जनाएको छ।