सुनसरी: सुनसरी र मोरङबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर र बराहक्षेत्र ७ बाङ्गेबाट लागुऔषध सहित २ जना समातिएका छन् । प्रहरी चौकी प्रकाशपुरको गस्ति टोलीले हिजो बराहक्षेत्र १० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो ९६ टयाब्लेट, नाइट्रोजन-५० टयाब्लेट र डाईजोपाम १६ थान वरामद गरेको हो ।

यस्तै, प्रहरी चौकी बाङ्गेको गस्ति टोलीले बराहक्षेत्र ७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई पनि एससी ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।                                                                                                                      

यसैगरि, मोरङको रतुवामाई नगरपालिका ९ बाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्बु रहेका छन्। प्रहरी चौकी इटहराको गस्ति टोलीले शंका लागेर मे.२ प ४८०४ नम्वरको मोटरसाईकल जाँच गर्दा पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट ४६ पत्ता (६९० चक्की) फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।