धरान: कोरोना संक्रमित धरानको वडा नं १८ का एक वृद्धको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मंगलबार दिउँसो ४ बजेर ५० मिनेटमा संक्रमित वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ७६ बर्षीय वृद्धलाई पुष २८ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक कलेजो, मृगौलालगायतका जटिल दीर्घरोगबाट पनि पीडित भएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् ।