विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ जना र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो ।
सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२ जना संक्रमित थपिएका छन् । यस्तै, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३–३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २–२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे, साँघुरीगढी र पाख्रिबासमा १–१ र स्थानीय तह नखुलेका २ जना छन् । इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।