धरान: कोरोना संक्रमणको तीब्ररुपमा बढेपछि धरानमा आयोजना हुन लागेको थ्री बाई थ्री विद्यालयस्तरीय होलिल्याण्ड बास्केटवल प्रतियोगिता सरेको छ । 

माघ ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरको कारण सरेको हो । अब सहज स्थिती नभएसम्मको लागि प्रतियोगिता सारिएको प्रतियोगिताका संयोजक एवं होलिल्याण्ड स्कुलका बास्केटबल प्रशिक्षक नविन राईले जानकारी दिए । धरान १५ स्थित होलिल्याण्ड स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राबिधिक सहयोगमा  यो प्रतियोगिता हुन लागेको थियो । प्रतियोगितामा धरान र धरान बाहिरका गरि एक दर्जन विद्यालयले सहभागिता जनाउने भएको थियो । 

          कोरोनाको तेस्रो भेरियन्टको जोखिम बढे सङ्गै सरकारले शैक्षिक क्षेत्र , सार्बजनिक कार्यक्रम , सिनिमा हल लगायत धेरै भिड्भाड हुने कार्यक्रमहरुमा रोक लगाए पछि कार्यक्रम सारिएको हो । प्रतियोगितामा छात्र छात्रा दुबै तर्फका बिजेता तथा उपबिजेता टिमले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । सहज स्थिती भएपछि आयोजक होलिल्याण्ड स्कुलको  बास्केटबल कोर्टमा प्रतियोगिता सन्चालन हुनेछ ।