धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २–२, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १–१ जना छन् । यस्तै, सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४–४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११ जना संक्रमित छन् ।
झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२–१२, बुद्धशान्ति र शिवसताक्षीमा ६–६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २–२, बेलकामा १ छन् भने तेहृथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।