धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार महोत्तरीका ३० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार संक्रमित युवाको गए राती १० बजेर ४७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो ।
उनलाई माघ ५ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । उनको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।