धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

मोरङको उर्लाबारी २ की ३६ बर्षीया महिलाको सोमबार दिउँसो १ बजेर २५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक दीर्घ रोगी थिइन् भने उनलाई कोभिडविरुद्धको खोप पनि दिइएको थिएन । 

मृतकलाई माघ ९ गते संक्रमण पुष्टि भएपछि सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।