धरान: धरान उपमहानगरपालिका वडा नं. ९ मा कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

समता समाज नेपालको आयोजना तथा ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सगरमाथा होटलमा कार्यक्रम सम्पन्न भएको हो । धरानको वडा नं मा मात्र करिब २५ वटा सहकारी रहेको छ । ती मध्ये कुनै सहकारी संस्थाहरुको कार्यालय मात्र छ भने केही सहकारीका पदाधिकारी फरार छन्। उपयुक्त ऋणी पहिचान नगरेका कारण सहकारीहरु धराशायी बनेको सहकारी अभियान्ताहरुको भनाई छ । 

sahakari-wada-9

कार्यक्रममा स्थानीय तह र सहकारी संस्थाहरुको सहकार्य गरि जनताको विश्वास कसरी जित्ने भन्ने विषयमा छलफल भएको आयोजक संस्थाका अध्यक्ष खेम रनपहेलीले जानकारी दिए । हाल समस्याको रुपमा रहेको तरलताले सम्पुर्ण सहकारीमा प्रत्यक्ष असर रहेको र सहकारी संस्थाहरुले सामाजिक दायित्व समेत पूरा गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए । 

संस्थाका अध्यक्ष रनपहेलीको अध्यक्षतामा आयोजित कार्यक्रम वडा ९ का अध्यक्ष रत्न बहादुर कटुवालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु र टोल विकास संस्थाका अध्यक्षहरु, विभिन्न १२ वटा सहकारी संस्थाबाट २र२ जनाको दरले प्रतिनिधिहरु सहभागी भएका थिए।