धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० जना र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, तेहृथुममा ७, इलाममा ४, उदयपुरमा ३, संखुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २४५, सुन्दरहरैचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र स्थानीय तह नखुलेका ४–४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा १–१ जना छन् । सुनसरीको धरानमा ११३, इटहरीमा ५२, इनरुवामा ९, दुहवीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा ३–३, बर्जु, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जना छन् । 

झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१ जना छन् । 

तेहृथुमको म्याङलुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ३२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५२ महिला र १७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।