धरान: जाडो बढेसँगै धराने कफी पारखीहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ ।

धरान ११ स्थित रागा चौकमा सुगर क्याफे खुल्न लागेको हो । रागा चौक निवासी कुन्साङ गुरुङले आफ्नै निवासमा क्याफे संचालनमा ल्याउन लागेकी हुन् । करिव ४० लाख रुपैया लागतमा सुरु गर्न लागेको क्याफे यही माघ १९ गते भने ट्रयाल ओपनिङको रुपमा सुरु गर्न लागेकी हुन् । कोरोनाको भेरियन्ट जारी रहेको हुनाले जोखिम कम भएपछि भने ग्रान्ड ओपनिङ गर्ने सञ्चालक एवं क्याफेका प्रोपराइटर गुरुङले बताइन्।

sugar-cafe1

   आफ्नै निवासमा खोलिएको हुनाले क्याफेमा आउने ग्राहकहरुले फेमिलि इन्भाइरोमेन्टमा बसेर कफी र फुडको स्वाद लिन सक्ने उनले बताइन् ।  क्याफेमा ३० वटा कफीको स्वाद पाइनेछ । धरानमा पहिलो पटक टिवेटियन मःम र इम्प्रोभाइज गरिएको पिज्जाको स्वाद पनि लिन सकिने सञ्चालक गुरुङले जानकारी दिइन् । संचालक गुरुङले नर्सिङ कोर्ष भर्खर सकेकी हुन् । तर कोरोनाको महामारी बढेसँगै काम गर्ने अवस्था नभएपछि उनी व्यवसायतर्फ लागेको बताउँछिन् । 

     उनले आफ्नो व्यवसायमा करिव १५ जनालाई रोजगारीको अवसर समेत प्रदान गरेकी छिन् । यसले कोरोनाका कारण वेरोजगार रहेकाहरुलाइ सहयोग पुग्ने उनको भनाई छ । अवस्थामा सुधार आएपछि आफ्नो पेशासँगै व्यावसायलाई पनि सँगै बढाउने उनले बताइन्।

तस्विरः विकास चाम्लिङ राई

sugar-cafe2

sugar-cafe3