सुनसरी: इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद गठन गरेको छ । 

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सहसंयोजकमा मणिराज गुरुङं, टीका आत्रेय रहेका छन् भने सचिवमा बद्री भिखारी,सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन्। 

सदस्यहरुमा रीता ताम्राकार, सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नविन न्यौपाने छन् । यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उपप्रमुख गौतमले परिषदले इटहरीको कला,साहित्य र संगीतको विकासकालागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा व्यक्त गरिन् । 

संयोजक लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले इटहरी नगरका भाषा भाषी र साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने बताए । भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहां, साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार कलाकारले मन्तव्य व्यक्त गरेका थिए ।