धरान: उपचारको क्रममा धरान उपमहानगरपालिका वडा नं ८ की कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा वडा नं ८ की ५२ बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनको गए राती १० बजे प्रतिष्ठानको कोडिभ अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् ।
मृतकले कोभिडविरुद्धको खोप लगाएकी थिइन् भने उनलाई मृगौला, उच्चरक्तचाप र मधुमेहको समस्या भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई माघ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने माघ १७ गते हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।