धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ६, बुढीगंगामा ४, उर्लाबारीमा ३, रंगेली र बेलबारीमा २–२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १–१ जना छन् भने सुनसरीको धरान र इटहरीमा ९–९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जना छन् । 

झापाको भद्रपुरमा ६, दमकमा ५, विर्तामोड र हल्दिबारीमा ३–३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कनकाई र कमल गाउँपालिकामा १–१, संखुवासभाको धर्मदेवी र चैनपुरमा १–१, खोटाङको जन्तेढुङ्गा र बराहपोखरीमा १–१ जना छन् भने तेहृथुमको आठराई, इलामको देउमाई, पाँचथरको फालेलुङ, उदयपुरको बेलका र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप २२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र १२६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार २०६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।