धरान: धरान १५ श्यामचोक क्षेत्रका युवाहरु मिलेर स्थापना गरेको श्याम चोक युवा समुहले गएको तिहारमा देउसी खेलेको थियो । देउसीमा संकलित रकममध्ये खर्च कटाएर ६९ हजार ६२६ रुपैया वचत भएको थियो । 

युवा समुहको बैठकले उक्त रकमबाट श्याम चोकमा अत्याधुनिक सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको छ । आज शनिबार बसेको बैठकले नाइट भिजन सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरिएको अध्यक्ष ललित योञ्जनले जानकारी दिए । ‘रातीको फुटेज कलरमा नै देखिने अत्याधुनिक नाइट भिजन सिसिटिभी जोड्ने निर्णय गरेका छौ,’उनले भने । 

उनका अनुसार चोमा भएको पुराना क्यामेरा हटाएर चारै दिशा देखिने गरि जडान गरिनेछ । श्याम चौकदेखि चारै दिशा करिब १०० मिटरसम्मको क्षमता भएको अत्याधुनिक क्यामेरा एक साताभित्र जडान भइसक्ने अध्यक्ष योञ्जनले बताए । देउसी कार्यक्रमको संयोजक समुहको वरिष्ठ सल्लाहकार प्रकाश गिरी थिए । युवा समुह २०६२ सालमा राज गिरी र ओम श्रेष्ठको पहलमा स्थापना भएको थियो । 

 युवा समुहले भविष्यमा वडामा दुव्र्यसन कम गराउन लागि पर्ने पनि अध्यक्ष योञ्जनले बताए । युवा समुहले श्याम चोक सेवा सुमह र श्याम चोक महिला समुहलाई म्याराथुन, रक्तदान, स्वास्थ्य शिविरलगायत विभिन्न सामाजिक कार्यक्रममा सहयोग पनि गर्दै आएको छ । युवा समुहले गएको लकडाउनमा राहत पनि वितरण गरेको थियो । युवा समुहले आपतकालिन रक्तदानको लागि करिव २८ जना रक्तदाताहरु तयारी अवस्थामा राखेको पनि अध्यक्ष योञ्जनले जानकारी दिए ।