धरान: परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर शनिबार धरानको वडा नं १८ मा सम्पन्न भएको छ । 

वडा कार्यालयको सहकार्यमा आयोजित शिविरमा ६३ जना ज्येष्ठ नागरिकहरुले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले स्वास्थ्य परीक्षण गर्दैै आएका छन् । अभियानले डा.साहसँग समन्वय गरेर पाक्षिकरुपमा शिविर सञ्चालन गर्दै आएको छ । 

सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको हो । ज्येष्ठ नागरिकहरुलाई अस्पतालमा आउन जान समस्या हुने भएकोले सहजरुपमा सेवा दिलाउने उद्देश्यले अभियान शुरु गरिएको अध्यक्ष विष्णु बरालको भनाई छ । 

4

विगत ७ महिनादेखि धरान–१ स्थित धरान मोडल कलेजमा पाक्षिकरुपमा शिविर हुदै आएको थियो । अब भने अभियानलाई वडा वडामा पुर्याउने उद्देश्यले यसपाली वडा १८ मा आयोजना गरिएको अध्यक्ष वरालले बताए । 

शिविरमा विशेष गरि ब्लड प्रेसर, सुगर र मुटु रोग सम्बन्धि जाँच हुने गरेको छ । स्वास्थ्य शिविरबाट वडाका ज्येष्ठ बुवाआमालाई धेरै लाभदायी भएको १८ नम्बर वडाका अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले बताए । 

3

डा.साहका अनुसार विशेष गरि मुटु र प्रेसरका विरामीहरु सचेत हुनुपर्ने र खानपिन, जीवनशैलीमा बिशेष ध्यान दिनुपर्ने बताउँछन् । वीपी प्रतिष्ठान रहेकै वडामा समेत स्वास्थ्यप्रति सचेतना नभएको भन्दै डा.साहले पनि यो कार्यक्रमबाट बिरामीहरु स्वयम् लाभान्वित हुने अपेक्षा व्यक्त गरे ।

अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अभियानकर्मी मोहन श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल, निशान नेपाल, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी निशा श्रेष्ठको समेत सहभागिता रहेको थियो । वडा सदस्य जमुना त्रिखत्री मोक्तानले आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

7

2