धरान: नेपालमा पेचिलो मुद्दा बनिरहेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे धरानमा सडक जनमत संग्रह गरिएको छ । 

नेपालको राजनीतिलाई ध्रुवीकृत गर्ने गरि संसदमा टेवल भएको एमसीसीबारे अखिल क्रान्तिकारीले बुधबार धरानमा जनमत संग्रह गरेको हो । भानुचोकमा आयोजित जनमत संग्रहमा २ जना जनाले सर्वेक्षणको क्रममा मत जाहेर गरेका थिए । ती मध्ये १८६ जनाले पास नगर्ने पक्षमा मत जाहेर गरेका छन् भने ११ मत मात्र पास गर्नुपर्ने पक्षमा देखिएको छ । साथै, ३ मत वदर भएको अखिल क्रान्तिकारीले जानकारी दिएको छ । 

अखिल क्रान्तिकारीका नेता बुद्रोस लिम्बुले एमसीसी पास गर्नुहुदैन भन्ने जनताको माग रहेकोले आफ्नो निर्वाचन क्षेत्रको सांसदलाई धराने जनताहरुको मत पक्ष वा विपक्षामा के छ भनेर देखाउनको लागि सर्वेक्षण गरिएको बताए । उनले प्रदेशभरिको जनमत संग्रहको सर्वेक्षणको परिणाम आजै नेपाल पत्रकार महासंघ सुनसरीको धरान १३ स्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पनि जानकारी दिए ।

    mcc4 1

mcc3 2

mcc1 2

mcc2 2