विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताएका छन् । 

अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे सरोकारवालाबीच आयोजित छलफलमा मन्त्री राईले यो कुरा बताएका हुन् । उनले महिलामाथि हुने विभेद विरुद्ध शुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाईने अन्र्तराष्ट्रिय महिला दिवसलाई व्यापक रुपमा मनाउनु पर्नेमा पनि जोडदिए । मन्त्री यादवले औपचारिकतामा मात्रै नभएर सिर्जनात्मक रुपमा दिवस मनाउनु पर्ने उनले बताए । 

सामाजिक विकास मन्त्रालयले आगामी मार्च ८ का दिन प्रभातफेरि र दीपप्रज्वलन गरि मनाउने निर्णय भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए। । उनले प्रभातफेरि र दीप प्रज्वलनका लागि व्यवस्थापन समिति पनि चयन गरिएको पनि बताए । सवै सामाजिक संघ संस्थाको सहभागितामा प्रहरी व्याण्ड र प्रदेश १ को संस्कृति झल्कने गरि झाँकी सहित प्रभातफेरि फागुन २४ गते विहान विराटनगर देवकोटा चौकबाट शुरु हुनेछ । 

सामाजिक न्याय लैंगिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाईने महाशाखा प्रमुख बरालले बताए । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायत सामाजिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।